उपस्थित सबैको धारणा र गहिरो छलफल पश्चात दुताबास बिक्री नेपाल र नेपालीको भावना बिपरित रहेको ठहर गर्दै कुनै पनि हालतमा बेच्न नदिने निर्णय गरेको छ भने उल्लेखित बिषयसँग सरोकार राख्ने सम्पुर्ण पक्षको अध्यन गरी दुताबास बिक्री कार्यलाई रोक्नको लागि एनआरएन यूकेको मातहतमा एनआरएन यूकेका भू पू अध्यक्ष एवम बरिश्ठ समाज सेबी मेजर रिटायर्ड डमर घले एमबीइको संयोजकत्वमा "युके नेपालि दुताबास बचाउ अभियान समिति" गठन गरेको छ। उक्त समितिमा बेलायत स्थित बिभिन्न जातिय, राजनैतिक, भुपु गोर्खाहरू सम्बद संस्थाहरु, बिभिध पेशा बिशेस सम्बद संस्थाहरू लगायतका प्रतिनिधिहरू, पत्रकार, कानुनबिद, बुद्धीजिबी एवम हरेक क्षेत्रको सहभागिता रहने निर्णय समेत बैठकले गरेको छ।
0 Comments
Admin submitted
51 days ago